काठमाडौं,२ असार । आज प्रतिनिधिसभाको बैठक बस्दै छभने प्रतिपक्षी दलहरुबाट खर्च कटौतीका प्रस्तावहरु पेश हुने भएको छ ।
बैठक सिंहदरबारस्थित संसद भवनमा दिनको ११ बजे शुरुहुने छ । आजको बैठकमा बिभिन्न मन्त्रालय तथा निकायहरुको आगामी आर्थिक वर्षको बजेटमाथि एकीकृतरुपमा छलफल हुने मुख्य कार्यसूची रहेको छ । आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेट शीर्षकहरुमाथि केन्द्रित रहेर सांसदहरुले आआफ्नो धारणा राख्नुहुने छ । बजेटमाथिको छलफलकाक्रममा आजको बैठकमा बिभिन्न मन्त्रालयको खर्च कटौतीका प्रस्तावहरुसमेत प्रस्तुत हुने कार्यसूची रहेको छ ।

विनियोजन विधेयक–०८३ अन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्भनी सांसद गुरुप्रसाद बरालले प्रस्ताव प्रस्तुत गर्नुहुने तयारी छ । त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको खर्च रकम घटाई एक रुपैयाँ कायमगर्न सांसद रमेश कुमार मल्लले प्रस्ताव पेशगर्ने हुनुभएको छ । पूर्वाधार विकास मन्त्रालयको हकमा सांसद मोहम्मद इश्तियाक राईले मन्त्रालयको शीर्षकमा उल्लिखित खर्च रकम घटाइयोस्भन्ने प्रस्ताव राख्नुहुने छभने सांसद बलावती शर्माले सो मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँमात्र कायम गरियोस्भनी प्रस्ताव प्रस्तुतगर्ने हुनुभएको छ ।

त्यसैगरी बैठकमा सांसद विष्णुमाया विकले गृह मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एकरुपैयाँ कायम गरियोस्भन्ने प्रस्ताव पेश गर्नुहुने भएको छ ।