काठमाडौं,२८ मंसिर । एमालेको ११ औं महाधिवेशनको दोश्रो दिन आज दिनको एकबजेपछि शुरुहुँदै छ । बिहान केन्द्रिय समितिको बैठक बसेको थियो । बर्तमान अध्यक्ष केपी ओली नै फेरी सर्बसम्मत अध्यक्ष बन्दै हुनुहुन्छ । हिजो भक्तपुरको सिर्जनानगरका उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भने आज काठमाडौंमा शुरुभएको हो ।
भोली सोही स्थानमा घोषणासभा र पत्रकार सम्मेलन गरिने भएको छ । आज दुई हजार २६२ जना महाधिवेशन प्रतिनिधि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदैछन् । एमालेमा अहिले अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । जसअनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन् ।
सबै गरेर एमाले केन्द्रीय कमिटी २५१ सदस्यीय हुनेछ ।