काठमाडौं, १४ पुस । तीनवटा उद्योगलाई एक लाख १० हजार जरिवाना गरिएको थाहाभएको छ । बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रणगर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमितरुपमा बजार अनुमगनगर्दै आएको छ । प्राप्त समाचारअनुसार सो विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको हो । विभागले तीनवटा उद्योग तथा फर्मलाई एक लाख १० हजार जरिवाना गरेको छ ।

विभागले सम्झना अचार उद्योगलाई १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान ५० हजार जरिवाना गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन–०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारवाही गरेको हो । त्यसैगरी अन्य १४ वटा उद्योग÷फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।