तस्वीर रासस
काठमाडौं,९ पुस । बर्तमान सरकार र प्रमुख दलहरुकाबीचमा आगामी फागुन २१ को निर्वाचन कि संसदको पुनस्र्थापना भन्नेबारे छलफल जारीरहेको छ । यसैक्रममा आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्नगर्नका लागि वातावरण बनाउने विषयमा सरकार र प्रमुख दलबीच हिजो राष्ट्रपति कार्यालय शितल निवासमा छलफल समेत भएको थियो । अब प्रधानमन्त्रि निवास बालुवाटारमा छलफल हुने भनिएको छ । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालका बीचमा भएको छलफलमा समझदारी जुट्न सकेको थिएन ।

राष्ट्रपति रामचन्द्र पौडेलले देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकाश दिनका लागि चुनावको घोषण भएको हो, यो गाम्भीर्यलाई ध्यानमा राखेर निर्वाचन सफल बनाउनेतर्फ लाग्नु हामी सबैको दायित्व हो भन्नुभएको थियोभने नेकांका सभापति देउवा र एमालेका अध्यक्ष ओलीले बर्तमान सरकारको गठन र संसदको बिघटन दुबै असंवैधानिक भएकाले राष्ट्रपतिले भदौ २७ को घोषणा सच्याउनुपर्ने बताउनु भएको थियो । राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेताहरुसँग छुट्टै छलफल समेत गर्नुभएको थियो ।