
काठमाडौं,११ कात्तिक । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको महाधिवेशनको तयारी तीब्रपारिएको छभने सर्बसम्मत नेतृत्व चयन हुने दाबि गरिएको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले गत असोजमा १५औँ महाधिवेशन गरेपछि दुई समूहकाबीचमा स्पष्ट कित्ताकाट भएको ठानिएको छ । देउवा पक्षले अधिकांश स्थानमा वडा अधिवेशन गरिसकेको छ । देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ११२ क्षेत्रमा अधिवेशन सकिएका छन् । यही कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशनगर्ने तयारी छ ।
देउवाले आफू सभापतिको उम्मेदवार नबन्ने घोषणा गरिसक्नु भएको छ । नेता डा. प्रकाशशरण महतले महाअधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन हुने बताउनुभएको छ । देउवा पक्षले गर्ने महाधिवेशनको तयारीमा डा. शशांक कोइरालासहितका नेताहरु सक्रिय रहनुभएको छ । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका पुत्र डा. शशांकलाई पार्टी सभापति बनाइने संभावना बढेको छ ।