काठमाडौं,१८ मंसिर । नेपालको भारतीय सीमामा कड्याइ, आवत जावत असहज भएको बताइएको छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती नाकाबाट विदेशी नागरिकको अवैध ढंगबाट हुनसक्ने प्रवेशलाई लक्षितगर्दै सुरक्षा जाँचमा कड्याइ गरेको छ । पर्साको १०७ किलोमिटर क्षेत्र छिमेकी मुलुकसँग खुला सीमानाका जोडिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अवैधरुपमा विदेशी नागरिक आउनसक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको बताउनुभएको छ । उहाँले शंकास्पद व्यक्ति, समुदाय जिल्लाभित्र प्रवेश गरेको आवस्थामा त्यस्ता व्यक्ति तथा समुदायका सम्बन्धमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गर्दछौँ ।

त्यस्ता परिचय नखुलेका अपरिचित व्यक्ति, समुदायलाई घरमा बसोबासगर्न नदिन, कुनै कामकाजमा नलगाउनहुन जिल्ला सुरक्षा समितिको निर्णयानुसार आमसर्वसाधारणलाई अनुरोध गरिन्छ भन्नुभएको छ ।