
काठमाडौं,८ पुस । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीको आगामी १३ बस्ने भनिएको केन्द्रीय समिति बैठक अकस्मात स्थगित भएको छ । सो पार्टीले बैठक स्थगितगर्नुको कारण नजनाए पनि अर्को सूचना नभएसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
सो पार्टी निकट समाचारसूत्रहरुले देशमा विकसित पछिल्लो घटनाक्रमका कारण बैठक स्थगित भएको बताएका छन् । आगामी १८ गतेपछि बिघटित संसद पुनस्र्थापना हुने संभावना बढेपछि दाहालले नेपाली कांग्रेससँग फेरी सत्ता गठबन्धन गर्ने र एमालेलाई सत्तामा जान नदिने खेल शुरुगर्नुभएको बताइएको छ । नेकांसँग गठबन्धनको प्रबन्धगर्न सो पार्टीका सहसंयोजक माधव कुमार नेपालसमेत सक्रिय हुनुभएको थाहा भएको छ ।