काठमाडौं,९ मंसिर । नेपाल पत्रकार महासंघको आह्वानमा आव ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुले प्रदर्शन गरेका छन् । महासंघको आह्वानमा आज पत्रकारहरुले काठमाडौं लगायत देशैभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन र धर्ना दिंदै आम गिरफ्तारगर्न चुनौती पनि दिएका थिए । प्रदर्शनमा पत्रकारलाई पटक, पटक हैन, एकैपटक सामुहिक गिरफ्तार गरभन्दै नाराबाजी गरिएको थियो । प्रदर्शनमा पत्रकारहरुले मिडियामाथि राज्य आतंक स्वीकार नहुने बताएका थिए । वर्तमान सरकार गठन भएयता श्रृंखलावद्धरुपमा मिडियामाथि आक्रमणहुँदै आएको निष्कर्षसहित महासंघले विभिन्न सञ्चार गृहको कार्यालय अगाडि गाडीराख्ने, पत्रकार पक्राउगर्ने, सरकारी बिज्ञापन निजी सञ्चार माध्यमलाई नदिने, लोक कल्याणकारी विज्ञापनको रकम कटौतीगर्ने, राससको ग्राहक शुल्कमा एकै पटक चारदोब्बर बृद्धिगर्ने, सरकारी सञ्चारमाध्यमबाट पत्रकारलाई निष्कासित गर्नेजस्ता हर्कतविरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताइएको छ ।

सरकारले मिडियामाथिको ज्यादती नरोके आन्दोलन थपचर्काउने महासंघले चेतावनी पनि दिएको छ । यसैक्रममा पत्रकार महासंघ काठमाडौं शाखाले बबरमहलस्थित प्रशासन कार्यालय बाहिर ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’भन्ने व्यानरसहित प्रदर्शन गरेको थियो । प्रदर्शनकाक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले अध्यादेश फिर्ता नलिएसम्म,कानून निर्माणमा हस्तक्षेप कायम रहेसम्म र धरपकडगर्ने दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारीरहने बताउनुभएको थियो । समाचार लेखेका आधारमा प्रहरी हस्तक्षेप हुने, साइबर ब्युरोमा स्रोत खुलाउन दबाब दिने,दैनिक रुपमा पत्रकार पक्राउगर्ने तथा न्युजरुमभित्र पसेर पक्राउगर्ने प्रवृत्ति बढेको भन्दै उहाँले आपत्ति जनाउनु भएको थियो ।

उहाँले दुई तिहाइको सरकार भएपनि संसद छलेर अध्यादेश ल्याउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै मिडिया काउन्सिलऐन संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन र सरोकारवालासँग छलफलगरी संसदबाटै कानून ल्याउन माग पनि गर्नुभएको थियो । त्यसैगरी अध्यक्ष शर्माले लोककल्याणकारी विज्ञापन कटौती गरिएको तथा सर्वोच्च अदालतले खारेजगरेको आदेशसमेत कार्यान्वयनमा नआएको बताउनु भएको थियो । संभवत आजै आन्दोलनको नयाँ कार्यक्रम सार्बजनिक गरिँदैछ ।