काठमाडौं । दक्षिण एशियाका नेपाल, बंगलादेश र पाकिस्तान लगायतका अधिकांश मुलुकमा राजनीतिक अस्थिरता बढ्ददै गएको छभने बंगलादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध गिरफ्तारीको वारेन्ट जारीगरिएको छ । जसलेगर्दा भारत र बंगलादेशका बीचमा टसल शुरुभएको छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले हिजो आइतबार हसिना विरुद्ध पक्राउ वारेन्ट जारीगरेको थियो । यसअघि हिजै आईसीटीका अभियोजकहरुले जुलाई–अगष्टमा भएको मानवता विरुद्धको अपराधसँग सम्बन्धित मुद्धामा हसिना विरुद्ध औपचारिक आरोपहरु दायर गरेका थिए । उहाँ विरुद्ध आईसीटीमा पाँचवटा आरोप दायर गरिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । जसमा हसिनालाई मानवता विरुद्धको अपराधको आदेश दिएको आरोप लगाइएको छ । बीबीसी बङ्गला सेवाले जनाएअनुसार उक्त आरोपपत्रमा धेरै तथ्य, तथ्यांक, कागजात, भिडियो र अडियो कल विवरणहरु उद्धृत गरिएको छ । जबकि ८१ जनालाई साक्षीकारुपमा बोलाइएको छ । सो मुद्धामा बंगलादेशका पूर्व गृहमन्त्री असदुज्जमान खान र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल–मामुन विरुद्ध पनि आरोप लगाइएको छ । असदुज्जमान खान विरुद्ध पनि पक्राउ वारेन्ट जारीगरिएको छ ।
त्यसैगरी चौधरी अब्दुल्लाह अल मामुनलाई पक्राउ गरिएको छ । त्यसैगरी पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले आफ्नो पार्टीलाई देशव्यापी सार्वजनिक विरोध प्रदर्शनगर्न आदेश दिनुभएको छ । जसको नेतृत्व उहाँ आफैले अदियाला जेलबाट गर्ने भनिएको छ । बीबीसी उर्दू सेवाका अनुसार इमरान खानले सामाजिक सञ्जाल प्लेटफर्म एक्स अकाउन्टबाट जारी गर्नुभएको एक सन्देशमा उपरोक्त आह्वान गरिएको छ । खानले आफ्नो पार्टीलाई राष्ट्रव्यापी जनविरोधको तयारी गर्न सन्देश पठाएको जनाउनु भएको छ । अदालतले इमरान भ्रष्टाचार मुद्धामा खानलाई दोषी ठहर गरेका कारण उहाँ जेल सजाय भोगिरहनु भएको छ ।