
तस्वीर रासस
काठमाडौं,२६ पुस । प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यकासाथ आचारसंहिता लागूगर्ने अन्तिम तयारी गरेको छ । निर्वाचन आयोगले आगामी माघ तीनगतेदेखि आचारसंहिता लागूगर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तयभएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधिगर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका के कस्तो रहनेभन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार आयोगकातर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापन लगायतका बारेमा प्रधानमन्त्रीलाई हिजो जानकारी गराउनुभएको थियो । आचारसंहितालाई कड्याइकासाथ पालना गराउन सरकार, सरोकारवाला निकायको प्रमुख भूमिका रहनुपर्ने आयोगको बुझाइ रहेको बताइएको छ ।