काठमाडौं,२९ असोज । आजबाट एमालेको केन्द्रीय कमिटी बैठकहुँदै छभने नेतृत्व र महाधिवेशनबारे टुंगो लाग्ने बताइएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा शुरुहुनेछ । बैठकमा पार्टी अध्यक्ष केपी ओलीबाट पेश हुने समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफलगर्ने कार्यसूची छ । आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताउनु भएको छ । यसअघि गत आइतबार भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्ने निर्णय गरेको थियो । बैठकले पार्टीको ११ औँ महाधिवेशन मंसिर अन्तिम सातागर्ने निर्णय गरेपनि मिति र स्थान केन्द्रीय कमिटी बैठकले तयगर्ने बताइएको छ ।
बैठकमा जनपरिचालन र आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन लगायतका विषयमा पनि छलफलगर्ने कार्यसूची रहेको छ । त्यसैगरी प्रतिनिधिसभा विघटनको विषयमा पनि बैठकमा छलफल हुने भएको छ । प्रतिनिधिसभा पुनस्र्थापनाको माग लिएर पार्टी अदालत नजाने तर जनपरिचालनगरी देशव्यापीरुपमा भण्डाफोर सभाको घोषणागर्ने एमालेको तयारी छ । एमालेका अध्यक्ष ओलीले यस अगाडि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरुसँग सहकार्यगर्ने बताउनु भएको थियो । अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगतरुपमा इच्छुक केन्द्रीय सदस्यहरुलाई धारणा राख्न दिनेगरी समय व्यवस्थापन गरिएको बताइन्छ । केन्द्रीय सदस्यहरुलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभएको छ ।