काठमाडौं,७ असार । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इरान र इजरायलबीचको बढ्दो द्वन्द चाँडैनै पछि नफर्कने (नो रिटर्न) को बिन्दुमा पुगेको बताउनुभएको छ । इरान र इजरायलबीच नौ दिनदेखि युद्ध जारी छ । इजरायलले इस्लामिक गणतन्त्र इरान आणविक हतियार प्राप्तगर्ने संघारमा रहेकोभन्दै आफ्नो कट्टर प्रतिद्वन्दीमाथि व्यापक आक्रमण शुरुगरेको थियो । एर्दोगानले दुर्भाग्यवश, गाजामा भएको नरसंहार र इरानसँगको द्वन्द चाँडैनै नफर्कने बिन्दुमा पुगेको छ । यो द्वन्द जतिसक्दो चाँडो अन्त्य हुनुपर्छ । यसको परिणामले यस क्षेत्र, युरोप र एशियालाई धेरै वर्षसम्म असरगर्न सक्छ भन्नुभयो । उहाँले यो अत्यावश्यक छ, थप विनाश, रक्तपात, नागरिक हताहत र भयानक विपत्ति आउनुभन्दा पहिले ट्रिगर र बटनबाट औंलाहरु हटाउनु आवश्यक छ । यसले युरोप र एशियालाई आगामी धेरै वर्षहरुसम्म असर पार्नसक्छ भन्नुभयो ।

इस्तानबुलमा आयोजित इस्लामिक सहयोग संगठन (ओआइसी) को युवा मञ्चमा ओआइसीका विदेशमन्त्रीहरुको भेलाअघि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । इरानका विदेशमन्त्री अब्बास अराघची पनि सहभागी हुने भेलामा उहाँले भन्नुभयो–इजरायलसँग जारी संकटलाई दुई दिने वार्तामा उच्च प्राथमिकतामा राखिने बताइएको छ । एर्दोगानले यसअघि जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको फोन वार्तामा युद्धले आप्रवासनमा वृद्धि हुनसक्ने चेतावनी दिनुभएको थियो । रासस÷एएफपी