काठमाडौ,९ भदौ । बिवादास्पद अमेरिकी योजना एमसीसी परियोजना नेपालका लागि घातक हुने बिश्लेषण गरिएको छ । हिजो काठमाडौंकोे लाजिम्पाटमा शुरुभएको एमसिसीले नेपाललाई के दिन्छ ः पाठ र शिक्षा विषयक संवाद कार्यक्रममा मन्तव्य राख्दै बिभिन्न बाम पार्टीका नेताहरुले उपरोक्त बिश्लेषण गर्नुभएको हो । सो कार्यक्रममा बोल्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दलाई लामालाई तिब्बतमा चीन विरुद्ध पुनस्र्थापनागर्न नेपालमा एमसिसीको प्रयोग हुनसक्ने आशंका ब्यक्त गर्नुभएको थियो । उहाँले अमेरिकाले विश्वका कैयौँ देश, जहाँ उसको रणनीतिक महत्व देखिन्छ, त्यहाँ एमसिसीलाई कार्यान्वयनगर्ने प्रयत्न गरेको बताउनुभएको थियो ।
त्यसैगरी एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी परियोजना एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित, संविधान र भू–राजनीतिक सन्तुलनविरुद्ध भएको बताउनु भएको थियो । उहाँले एमसीसी सम्झौताको प्रक्रिया र मर्मप्रति गहिरो असन्तोष व्यक्तगर्दै यसलाई राष्ट्रिय घात र शर्मनाक नाटकको संज्ञा दिनुभएको थियो । त्यसैगरी नेकपाका महासचिव नेत्रबिक्रम चन्दले संसदबाट एमसीसी अनुमोदनगर्नु सरकारको आत्मसमर्पणवादी कदम भएको बताउनु भएको थियो ।
उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दबाबको सामनागर्न नसकेको बताउँदै एमसीसीलाई जनताले कहिल्यैपनि मान्यता नदिएको दाबि पनि गर्नुभएको थियो । कार्यक्रममा एमाले लगायतका अन्य पार्टीका नेताहरुले एमसीसीको बचाउमा बोलनु भएको थियो ।