काठमाडौं । एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्रि केपी ओलीलाई जाँचबुझ आयोगले पत्र काटेको छभने राष्ट्रिय मानव अधिकार आयोगले आजै बयान लिएको थाहाभएको छ । प्राप्त समाचारहरुअनुसार गत भदौ २३ र २४ गते भएको घटनाको छानबिनगर्न गठित जाँचबुझ आयोगले आज तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काटेको हो । सो पत्रको ब्यहोराबारे खुलाइएको छैन । आयोगले यसअघिनै गत भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित व्यक्तिहरुको बयान लिइसकेको छ ।

तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतका अधिकारी तथा पदाधिकारीले आयोगमा उपस्थित भएर बयान दिइसकेका छन् । यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री ओलीसँग आज बयान लिएको छ । आयोगले भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री ओलीसँग बिभिन्न जिज्ञासा राखेको थाहाभएको छ । आयोगकी सदस्य लिली थापाले पूर्वप्रधानमन्त्री ओलीसँग सोधपुछ गरिएको पुष्टि गर्नुभएको छ ।