काठमाडौं, १ कार्तिक । एमालेको केन्द्रिय समितिको बैठक हिजो बिभिन्न प्रस्ताव पारितगर्दै सम्पन्न भएको छ । यसैक्रममा अध्यक्ष केपी ओलीले आफूले पार्टीभित्र अनुशासन कायम गर्न÷गराउन नसकेकोमा खुलेरै आत्मालोचना गर्नुभएको थियो । हिजो सम्पन्न पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकमा उहाँले आफ्ना धारणा राख्नुहुँदै पार्टीमा देखिएका कमीकमजोरीबारे स्वीकार गर्नुभएको हो । अध्यक्ष ओलीले पार्टीमा अनुशासन कायमगर्न सकिएन, नेताले पनि अनुशासन तोड्ने काम गरे, त्यसलाई नियन्त्रणगर्न सकिएन । अध्यक्षकारुपमा त्यो कामगर्न नसकेकोमा म खुलेर आत्मालोचना गर्छु भन्नुभएको थियो । उहाँकाअनुसार पार्टीभित्र अनुशासनात्मक व्यवहारमा कमजोरी देखिँदा संगठनको सुदृढीकरणमा असर परेको छ । उहाँले अब त्यसलाई सुधार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले कमी कमजोरी छन्, त्यसलाई करेक्सन गरौँ, आलोचना पनि गरौँ, तर दुस्मनी देखिनेगरी गालीगलौज चाहिँ कसैले नगरौँ भन्नुभएको थियो ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरुको जवाफदिँदै पार्टीभित्र आन्तरिक आलोचना–आत्मआलोचनाको संस्कृतिलाई सुदृढ बनाउने आवश्यकता औँल्याउनुभयो। उहाँले पार्टीमा विचार र दृष्टिकोणका फरक मतलाई स्वाभाविकभन्दै त्यसलाई संगठनात्मक सिष्टताभित्र राख्न सकिए पार्टी अझ सबल हुने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले पार्टीभित्र बिचारमा मतभेद हुनसक्छ, तर व्यवहारमा अनुशासन र संगठनको सुदृढीकरण सबैको साझा जिम्मेवारी हो भन्नुभउको थियो । बैठकमा अध्यक्ष ओलीले सरकारमाथि पनि टिप्पणीगर्दै आफूविरुद्ध पछिल्ला दिनहरुमा कानूनी र राजनीतिक षड्यन्त्र भइरहेको खुलाशा पनि गर्नुभएको थियो । उहाँले यो सरकारले मलाई पटक, पटक थुन्ने प्रयास गरिरहेको छ, त्यसका लागि मिटिङ र छलफल भइरहेको छ भन्नुभउको थियो ।

अध्यक्ष ओलीले पार्टी नेतृत्वकारुपमा उत्पन्न आन्तरिक असन्तुष्टिलाई सम्बोधनगर्दै एकता, अनुशासन र विचारको स्पष्टतामार्फत पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले बैठकमा उठेका विविध प्रश्नहरुको जवाफदिँदै आगामी दिनमा संगठनलाई जनमुखी र जिम्मेवार बनाउने लक्ष्यसमेत राख्नुभयो। अध्यक्ष ओलीले राष्ट्रवाद, सुशासन र विकासलाई पार्टीको मूल लक्ष्यकारुपमा अघि बढाउने संकल्प पनि गर्नुभएको थियो ।