
काठमाडौं, २० कातिक । एमालेलाई चौतर्फी घेराबन्दी गरिएको एमालेकै नेताको खुलाशा गर्नुभएको छ । एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले एमालेमाथि चौतर्फीरुपमा घेराबन्दी गरिएको बताउनुभएको हो । उहाँकाअनुसार एमालेको जनसमर्थन र संगठनात्मक शक्ति देखेर बिभिन्न पक्षले राजनीतिकरुपमा घेराबन्दीगर्ने प्रयास गरिरहेको बताउनुभएको थियो ।
एमाले महानगर कमिटी विराटनगरले आयोजना गरेको बैठकलाई सम्बोधनगर्दै मुख्यमन्त्री कार्कीले सो घेराबन्दीबाटमाथि उठेर पार्टीलाई अझ सुदृढ बनाउन सबै कार्यकर्ताले एकजुट भएर अघिबढ्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा एमालेका नेता रामलाल शाह, ऋषिकेश पोखरेल, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत, महानगर अध्यक्ष बलराम गिरीलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।