काठमाडौं,३० असोज । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रिय समितिको बैठक हिजोबाट काठमाडौंको इच्छुक सांस्कृतिक प्रतिष्ठानमा शुरुभएको छ । सो पार्टीका महासचिव मोहन बैद्यले पदबाट राजीनामा गर्नुभएकाले हिजो उहाँको राजीनामाको बिषयमा छलफल भएको थियो ।
आज उहाँको राजीनामा बैठकले स्वीकृत गरेपछि नयाँ महासचिव चयनकाबारेमा छलफल हुने छ । नयाँ महासचिवमा सीपी गजुरेल चयन हुनुहुने प्रबल संभावना रहेको छ । सो पार्टीको बैठक आगामी कार्तिक दुईगतेसम्म चल्ने कार्यक्रम छ ।