काठमाडौं, २ असोज । जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवलगायतका छजना नेताले सामूहिक हस्ताक्षरगरी २४ घण्टाभित्र राजीनामा माग गरेका हुन् । जनताको भरोषा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शीता अभाव तथा जनभावना विपरित गतिविधि देखिएको उहाँहरुको भनाइ छ ।

अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा भनिएको मुलुकको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्ररुपमा महसुस भइरहेका बेला जनमत पार्टीलेसमेत आत्मसमीक्षागर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ भनिएको छ ।