काठमाडौं,३० भदौ । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाको हालै सम्पन्न नवौं केन्द्रीय समितिको सातौ पूर्ण बैठकले नयाँ कम्युनिष्ट केन्द्रको निर्माणगर्ने निर्णय गरेको थाहाभएको छ । कपिलबस्तुको शिवगढीमा भएको उक्त बैठकले देशको वर्तमान संकटग्रस्त अवस्थालाई दृष्टिगतगरी नयाँ कम्युनिष्ट केन्द्रको निर्माणगर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ । उक्त केन्द्रको निर्माणगर्ने क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्धगर्ने र बामपन्थीहरुसँग मोर्चाबन्दीगर्ने निर्णय गरेको बताइएको छ । बैठकले पार्टीले नयाँ कम्युनिष्ट केन्द्र नीति लिएकोले सोअनुरुप कम्युनिष्ट पार्टीहरुसँग वार्तागर्न पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्माको नेतृत्वमा वार्ता टोलीसमेत गठन गरेको छ ।

बैठकले साम्राज्यवाद र दलाल पूँजीवादका बिरुद्ध संघर्ष गरिराखेका राजनीतिक दल र ब्यक्तिसँग सहकार्यगर्ने नीतिसमेत अघिसारेको बताइएको छ । त्यसैगरी सो बैठकले आगामी फागुन एकगते बिशेष महाधिबेशन आयोजनागर्ने निर्णय पनि गरेको छ । बिशेष महाधिबेशनको निम्ति बैचारिक कामको तयारीगर्ने र पार्टीको मुखपत्र जनक्रान्तिलाई विचारधारात्मक विशेषांकको अंककारुपमा प्रकाशनगर्ने निर्णय पनि गरेको थाहाभएको छ । बैठकले राष्ट्रको स्वाधिनता , जनजीविकाका र दलाल पूँजीवादको भ्रष्टाचारबिरुद्ध आगामी मंसिर अन्तिमवाट बृहत जनसंघर्ष शुरुगर्ने निर्णय गरेको बताइएको छ ।