काठमाडौं,४ मंसिर । नेपाली सेनामा अमेरिकी प्रभाव बढ्दैगएको चर्चा भैरहेका बेला हालै सहकार्यगर्ने सहमति पनि भएको छ । नेपाली सेना र अमेरिकी सेनाबीच सन् २०१८ देखि सञ्चालनहुँदै आइरहेको नेपाल–अमेरिका स्थल सेनाबीच अनुभव साटासाट तथा छलफल कार्यक्रम(एलएफटी)को छैठौँ संस्करण हिजोदेखि काठमाडौंमा शुरुभएको छ । जंगी अड्डामामा भैरहेको तीनदिने कार्यक्रममा दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायत विषयहरुमा अनुभव तथा सहयोग आदान–प्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग उक्त कार्यक्रमका लागि नेपाल आउनुभएका अमेरिकी सेनाको प्रशान्त क्षेत्रका टोली प्रमुख लेफ्टिनेन्ट जनरल स्कोट ए वीन्टरले शिष्टाचार भेटवार्तागर्ने कार्यक्रम छ । नेपाली सेनाले पेशागत क्षमता अभिवृद्धिगर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तानलगायत देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगितामा सहभागिता जनाउँदै आएको सेनाले जाएको छ ।