काठमाडौं,१२ जेठ । नेपाल समाजवादी पार्टी फेरी बिभाजित भएको छ । सो पार्टीबाट महिन्द्र राय यादव अलग हुनु भएपछि गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको समूहले आज माओवादी केन्द्रसँग पार्टी एकतागर्न लाथेको हो । तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादी केन्द्रसँगको एकता प्रक्रियाबाट पछि हटेपछि बिवाद भएको थियो । श्रेष्ठले गत आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समितिको बैठक राखेर पार्टी पुनर्गठन गर्नुभएको थियो । नेसपा डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको थियो । माओवादी केन्द्रले आफूसँग कार्यगत एकतामा रहेका बिभिन्न पार्टी वा समूहलाई बिभाजित गराएर भएपनि एकतागर्ने रणनीति अख्तियार गरेको देखिएको छ ।