काठमाडौं, १ पुस । पाँचवटा बिभिन्न फर्महरुमाथि बाणिज्य विभागद्वारा कारवाही गरेको छ । प्राप्त समाचारअनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिभिन्ना पाँचवटा फर्मलाई १० हजारका दरले जरिवाना गरेको हो । विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा हिजो सोमबार काठमाडौंका बिभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो ।
स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुमगनकाक्रममा विभागले सुमेस ग्लास टे«डर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आर एन टे«डर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही रु १० हजारका दरले जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै, विभागले अन्य ११ फर्मलाईभने सामान्य निर्देशन मात्रै दिएको छ ।