काठमाडौं,६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि गृहकार्य थाल्नुभएको छ । उहाँले हिजो थप पाँचजना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गनुृभएको थियो । जसअनुसार प्रधानमन्त्री कार्कीले सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गर्नुभएको छ । उहाँले हिजो आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गनुृभएको हो । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख हुनुहुन्छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री सिफारिस गर्नुभएको छ । उहाँलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । त्यसैगरी अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस गनुृभएको छ ।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहनुभएकी डा. मिश्राले आफू स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि हिजो आइतबार राजीनामा दिनुभएको थियो । त्यसैगरी महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ । यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसक्नु भएको छ । प्रमुख दलहरुलाई वेवास्ता गरिएको छ ।