काठमाडौं,१५ कातिक । एमालेका अध्यक्ष केपी ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता तथा कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले हिजो सामाजिक सञ्जालमार्फत उपरोक्त आगैह गर्नुभएको हो । उहाँले विगतमा एमाले पार्टी निर्माण गरेका नेता तथा नेता–कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गर्नुभएको हो ।

अध्यक्ष ओलीले लेख्नुभएको छ –विगतमा एमालेको निर्माणगर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता कार्यकर्तालाई हृदयदेखि आह्वानगर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । उहाँले राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकैमन, एकैस्वर र एकै दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।