काठमाडौं, ११ जेठ । प्रधानमन्त्रि निवास बालुवाटारमा आजै साँझ सत्ता सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक भएको छ । बैठकमा राजावादी आन्दोलन, बजेट र गृहमन्त्रिको राजीनामा प्रकरण लगायतका समसामयिक बिषयमा छलफल भैरहेको सूत्रहरुले उल्लेख गरेका छन् । बैठकमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु देउवा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्रि निवासमा सत्ता सत्तारुढ दलका शीर्ष नेताको बैठक, समसामयिक बिषयमा छलफल भैरहेको खुलाशा
११ जेष्ठ २०८२, आईतवार १८:५९