काठमाडौं, १४ कातिक । प्रेस काउन्सिल नेपालले तथ्य पुष्टिनभएका र यथेष्ट आधार प्रमाण नभएका समाचार सम्प्रेषण नर्गन आग्रह गरेको छ । काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले एक प्रेस विज्ञप्ति जारीगरी परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रुपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमोडगरी सामग्री प्रकाशनगर्ने, तथ्य पुष्टि नभएका यथेष्ट आधार प्रमाण नभएका सामग्रीलाई सामाजिक सञ्जालबाट सम्प्रेषणगरी अतिरञ्जितगर्ने कार्य पेसागत आचरणविपरीत एवं गैरकानूनी कार्य भएको जनाउँदैहुँदा त्यस्ता कार्य नगर्न÷नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सबैमा आग्रह गर्नुभएको हो । काउन्सिलले पत्रकारिताका मूल्यमान्यता विपरीत गैरपेशागत आचारणगर्ने, तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतारगरी सामग्री सम्प्रेषणगर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा उत्तेजना÷अफवाह भ्रम फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण नगर्न नगराउन काउन्सिल आग्रह गर्दछ भनेको छ ।

काउन्सिलले मिडियामा आबद्ध नभई सञ्चालनमा रहेका युट्युब च्यानललगायतका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीउपर उजुरीपरेमा वा स्वअनुगमनहुँदा आचारसंहिता प्रतिकूल देखिएमा त्यस्ता सामाजिक सञ्जाललाई प्रथमपटक भुलसुधार निर्देशन एवं सचेत गराइने र त्यसोगर्दा पनि भुलसुधार नगरेमा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्रचार गरिने बेहोरासमेत जनाएको छ । काउन्सिलले सञ्चारमाध्यम र सञ्चार माध्यमका सामाजिक सञ्जालबाटसमेत सम्प्रेषण भएका सामग्रीउपर प्राप्त हुने उजुरी÷जनगुनासाको सुनुवाइकासाथै नियमित अनुगमन गर्दै आइरहेको छ । त्यसक्रममा काउन्सिलले सञ्चारमाध्यमले सञ्चालनगर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेखगरी अनुगमनगर्नुका साथै मिडियाको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको प्रवृत्तिगत अनुगमन गरिरहेको छ ।

वर्तमान अवस्थामा कतिपय मिडियाबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचना सम्प्रेषण भइरहेकोभन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएका सन्दर्भमा आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउनका लागि काउन्सिलका सदस्यलाई फोकल पर्सनका रुपमा तोकी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको काउन्सिलले जनाएको छ । रासस