काठमाडौं,२० पुस । नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले एक बक्तब्य प्रकाशित गरी भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको बिरोध गर्नुभएको छ । उहाँले बक्तब्यमा भन्नुभएको छ–बाह्य र आन्तरिकरुपमासमेत निकै अलोकप्रिय बन्दैगएको ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनद्वारा संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून तथा राष्ट्रहरु सार्बभौम अधिकारको सिद्धान्त बिपरीत मनगढन्त आरोपमा स्वतन्त्र भेनेजुएलामाथि गरिएको नाङ्गो अमेरिकी साम्राज्यवादी सैन्य हस्तक्षेप र आक्रमणको नेपाल कम्युनिष्ट पार्टी तीब्र निन्दा र घोर भत्र्सना गर्दछ ।
यो भेनेजुएलामाथि भइरहेको अमेरिकी साम्राज्यवादी आक्रमण र अमेरिकी सैन्य गतिबिधि तुरुन्त रोकभन्ने जोडदार मागगर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक तुरुन्त आयोजना गरियोस् र सार्बभौम राष्ट्रमाथिको यस्तो अत्यन्तै अबैध आक्रमणकारी गतिबिधि तुरुन्त रोक्न सबै उपाय गरोस् तथा दक्षिण अमेरिकी क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा मान्यता देओस् भन्ने समेत नेपाल कम्युनिष्ट पार्टी जोडदारमाग गर्दछ ।
बक्तब्यको अन्त्यमा साम्राज्यबादको यस्तो आक्रमणकारी र नग्न हस्तक्षेपका बिरुद्ध जुधिरहेका भेनेजुएली जनताप्रति पूर्ण ऐक्यबद्धता प्रकटगर्दै नेपाल कम्युनिष्ट पार्टी भेनेजुएला लगायत दक्षिण अमेरिकी देशहरुको साम्राज्यबाद बिरोधी संघर्षको पक्षमा दृढतापूर्बक खडा हुन्छभन्ने कुरासमेत प्रष्टपार्न चाहन्छ भनिएको छ ।