काठमाडौं, १८ साउन । एमालेकी पूर्ब उपाध्यक्ष तथा पूर्ब राष्ट्रपति बिद्यादेवी भण्डारीले फेरी एमालेको पार्टी राजनीतिमा फर्कने रडाको मच्चाएपछि संविधानमै पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्थागनै माग हुनथालेको छ । यसैक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको सूर्यविनायक नगरसमिति भक्तपुरले हिजो आयोजना गरेको तेश्रो नगरपालिका सम्मेलनमा उहाँले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुनःसक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको थियो । सहमहामन्त्री परियारले संविधान निर्माणगर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुनःराजनीतिमा सक्रिय हुनपाउने व्यवस्थागर्न चुकेकाले अब संविधान संशोधनगर्ने क्रममा यस व्यवस्थालाई समावेश गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

एमालेले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई एमालेमा फर्किन नसक्नेगरी गरेको निर्णय स्वागत योग्य रहेको उहाँको भनाइ थियो । उहाँले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा ठीक होइन । उहाँबारे एमालेले जे निर्णय ग¥यो, त्यो सही निर्णय हो । कांग्रेसले पनि त्यस्तै निर्णय गर्नुपर्छ भन्नुभएको थियो । यसअघि बिभिन्न कार्यक्रममा बोल्दै पूर्ब राष्ट्रपति डा. रामबरण यादवले समेत पूर्ब राष्ट्रपति सक्रिय पार्टी राजनीतिमा फर्कन नहुने बताउनु भएको थियो । पुराना संसदवादी पार्टीहरु पूर्ब राष्ट्रपतिलाई सक्रिय पार्टी राजनीतिमा फर्कन नदिने पक्षमा रहेका छन्भने माओवादी केन्द्र लगायतका पार्टीहरु जेगर्न पनि पाउनुपर्ने पक्षमा रहेका छन् ।