
काठमाडौं,१८ मंसिर । मकवानपुरको हेटौँडाको मुख्य सडक विस्तारका नाममा दर्जनौ घर भत्काउने तयारी गरिएपछि सर्बत्र बिरोध भैरहेको छभने स्थानीय प्रशासनले अवरोध पु¥याउनेलाई कारवाहीको दायरामा ल्याउने जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले एकसूचना जारीगर्दै हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पु¥याउने र व्यवसायीलाई धम्की दिने समूहलाई कारवाहीको दायरा ल्याउने बताउनुभएको छ । सडक डिभिजिन कार्यालय हेटौँडाले गर्नलागेको सडक विस्तार अभियानमा बाधा नपु¥याउन आग्रहगर्दै प्रजिअ अधिकारीले सडक विस्तार अभियानमा सरोकारवाला र हेटौँडावासीको उत्साहजनक सहभागिता देखिएको र धेरैजसो व्यवसायीहरुले तोकिएको समयसीमा मंसिर २० गतेअगावै आफ्ना पसल अन्यत्र सार्ने र समान सेललगायतका अफर राखेर बिक्रीवितरणगरी सहयोग गरिरहेको उल्लेख गर्नुभएको छ ।
केही व्यक्तिहरुले व्यवसायीहरुको यस सकारात्मक कार्यलाई निरुत्साहित गर्न धाकधम्की दिने, जबर्जस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कार्यमा अवरोध पु¥याउने गतिविधि गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको प्रजिअ अधिकारीको सूचनामा उल्लेख छ । सडक विस्तारमा अवरोध खडागर्ने उद्देश्यले प्रेरित कुनैपनि गतिविधिगर्ने व्यक्तिहरुप्रति पूर्ण सचेत रहेको उल्लेख गर्नुहुँदै प्रजिअ अधिकारीले सडक डिभिजन कार्यालयको यस अभियानमा कानूनविपरीत कार्य नगर्न÷नगराउन अनुरोध गर्नुभएको छ । तर कतिपय दलका प्रतिनिधिले बिरोध जारी राखेका छन् ।