काठमाडौं,२१ बैशाख । सत्तारुढ नेकां र एमालेको संसदीय दलको बैठक हिजो सम्पन्न भएकोे छ । उक्त बैठकमा गत शुक्रबार संसदमा प्रस्तुत सरकारी नीति र कार्यक्रमको समर्थनमा जोड दिइउको थियो । प्राप्त समाचारअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा हिजो दिउँसो भएकोे एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी ओलीले संसदमा गत शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढंगले आएकाले ढुक्क भएर दृढतापूर्वक तिनलाई समर्थनगर्न आफ्नो दलका सांसदहरुलाई निर्देशन दिनुभएकोे थियो । देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वकासाथ सुशासन कायमगरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको उहाँको भनाई थियो । उहाँले हाम्रा नीतिहरु सही छन्, यसमा साथीहरु ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोधगर्ने भएकोले तिनका कुरामा सत्यता छकि भनेर लाग्नुुपर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ भन्नुभयो । अध्यक्ष ओलीले हाम्रो दलमा वैचारिक एकता छ । स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारीरुपमा प्रकट गर्नुहुनेछ भन्ने विश्वास लिएको छुु भन्नुभएकोे थियो । प्रधानमन्त्री ओलीले विकासका दृष्टिले पछाडि परेको समूहको उत्थान हुनेगरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रुपमा सहकार्य, शान्ति सुुव्यवस्थाप्रति जिम्मेवर र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याइएको बताउनुुभएकोे थियो ।
प्रधानमन्त्रीको निजी सचिवालयकाअनुसार समाजमा विकासको प्रतिफल प्राप्तगर्नबाट वञ्चितहरुको पहुँच वृद्धि हुनुुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघिबढेको बताउँदै उहाँले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तरराष्ट्रिय सम्बन्ध कायमगर्दै आएको पनि उल्लेख गर्नुभएकोे थियो । उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पार्टीका उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले सरकारी नीति तथा कार्यक्रमको ब्याख्या र बिश्लेषण गनुृभएकोे थियो । त्यसैगरी नेपाली कांग्रेसले पनि सरकारद्वारा प्रस्तुत आगामी आब ०८२÷८३ को नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावसहित छलफलमा सहभागीभई समर्थन जनाउने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा पार्टीका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा हिजो बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता समेटिएकाले समर्थनगर्ने निर्णयसमेत गरेको हो । संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे बैठकले नीति कार्यक्रम सम्बोधन गर्नेगरी आगामी बजेट तर्जुमागर्न सरकारलाई सुझाव दिने निर्णय गरेको जानकारी दिनुभएको छ । बैठकले विधेयक निर्माणको गतिलाई तीव्र बनाउन सक्रिय ढंगले संसद र संसदीय समितिमा भूमिका खेल्ने निर्णयसमेत गरेको उहाँले बताउनुभएको छ । त्यसैगरी नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार आगामी असार १५ गतेभित्र बिद्यालय शिक्षा विधेयक पारितगर्ने प्रतिबद्धता पनि जाहेर गरिएको छ ।