काठमाडौं, ३० भदौ । पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एबं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि भोली मंगलबार पोखरामा बृहत् मौन शान्ति र्याली आयोजनागर्ने भएको छ । संघको हिजो सम्पन्न वस्तुगत संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले भोली भदौ ३१ गते मंगलबार बिहान बृहत् मौन शान्ति ¥याली आयोजनागर्ने निर्णय गरेको अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिनुुभएको छ । संघको सचिवालय गैह्रापाटनबाट शुरुभई पोखराको पृथ्वीचोकसम्म हुने मौन ¥याली हालैको आन्दोलनका क्रममा दिवंगत भएकाहरुको आत्माको चिरशान्तिको कामना, देशमा भएको अशान्तिको समूल अन्त्य एबं व्यावसायिक वातावरण निर्माणका निम्ति हुने उहाँले बताउनुुभएको छ ।

अध्यक्ष कार्कीले आन्दोलनकाक्रममा ठूलो जनधनको क्षति भएको छ । व्यावसायिक प्रतिष्ठानमाथि भएको आक्रमणबाट अर्बौ क्षति पुगेको छ । हामी पुनः उठ्नु छ, तर शान्तिबिना व्यावसायिक वातावरण निर्माण हुनसक्दैन, आत्मबल बढ्दैन । यो ¥याली यी दुवै कामका निम्ति हो भन्नुुभएको छ । रासस