काठमाडौं, २ मंसिर । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी पार्टी एकता सन्देश सभागर्ने भएको छ । आगामी १२ देखि २३ गतेसम्म प्रदेश, जिल्ला र स्थानीय तहमा सभागर्न लागेको सो पार्टीद्वारा जारी प्रेस नोटमा जनाइएको छ । त्यसक्रममा आगामी १२ मा सुदूरपश्चिमको धनगढी, १३ मा लुम्बिनीको दाङ (देउखुरी), १४ मा गण्डकीको पोखरा, १५ मा कोशी प्रदेशको विराटनगर, १७ मा उपत्यका विशेष प्रदेशको काठमाडौं, १८ मा कर्णालीको सुर्खेत, १९ मा संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौं, २० मा मधेस प्रदेशको जनकपुर, २१ गते प्रवास समितिको भर्चुअल र २३ गते बागमतीको हेटौँडामा सभ गर्न लागिएको हो ।

त्यसैगरी मंसिर २६ गतेसम्म सबै जिल्ला तथा २९ गते ७५३ वटै स्थानीय तहमा एकता सन्देशसभा आयोजना गर्ने निर्णय भएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी संयुक्त प्रेस नोटमा उल्लेख गरिएको छ ।