तस्वीर रासस
काठमाडौं, २ पुस । एमालेको महाधिवेशनको पाँचौ दिन आज दिउँसोबाट काठमाडौंको भृकुटीमण्डपमा मतदान शुरुभएको छ । अध्यक्ष पदका प्रत्याशी केपी ओली र इश्वर पोखरेल लगायतका नेताहरुले मतदान गरिसक्नुभएको छ । एमालेको महाधिवेशन लम्बियो, मतदान बिहीबारसम्म लाग्ने संकेत देखिएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलकाअनुसार एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मतदानका लागि ८० वटा भोटिङ मेशिन प्रयोग गरिएका छन् । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र तीनवटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ । साढे १२ बजेसम्म ४०० सय मत खसेको बताइएको थियो । मेशिन भए पनि मतदानगर्न एकजनलाई आधा घण्टासम्म लाग्ने गरेको छ । महाधिवेशनमा २२६२ जना प्रतिनिधि छन् ।  जानकारहरुले परिणाम मिश्रित आउने बताएका छन् ।