तस्वीर रासस
काठमाडौं, ३ पुस । गत भदौ २३ र २४ को बिध्वंशको छानविन नसकिएपछि आयोगको म्याद थप्ने तयारी भैरहेको थाहाभएको छ । मन्त्रिपरिषद्को गत असोज पाँचगतेको निर्णयअनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । यसैक्रममा प्रधानमन्त्री सुशीला कार्कीसँग भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझगर्न गठित आयोगका पदाधिकारीले भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा हिजो भएको भेटकाक्रममा आयोगका पदाधिकारीले एक महिना आयोगको म्याद थपगर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्रीसँग छलफलका लागि समय लिइएको र अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने बताउनुभएको थियो ।