काठमाडौं, ५ पुस । मधेस प्रदेशका ७२ जना सरकारी कर्मचारी कारवाहीमा परेका छन् । प्राप्त समाचारअनुसार मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के अनुगमन गर्दा दुईजना उपसचिवसहित ७२ जना कर्मचारी अनुपस्थित रहेको भेटिएपछि कारवाही प्रक्रिया अगाडि बढाइएको छ । मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा जिल्लाको १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयको अनुगमन गरेको थियो ।
पूर्वस्वीकृति विना बिदा नलिएको तथा समयमा कार्यालयमा नआएकाले कारवाही प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्रीका कार्यालयले जनाएको छ । छड्केमा परेकालाई प्रचलित ऐन र कानून बमोजिम कारवाही हुने तथा उनीहरुलाई पत्राचार भइसकेको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।