काठमाडौं,९ पुस । मिटरब्याज तथा लघुवित्त पीडितहरु फेरि हिजोबाट देशको राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् । उनीहरुले देशैभरका जिल्ला प्रशासन कार्यालयमा दिइएका उजुरीमाथि कारवाही नभएकोभन्दै सरकार गुहार्न काठमाडौं आइपुगेको जनाएका छन्।
पीडितहरुले मुख्यसचिव सुमनराज अर्यालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पनि बुझाइसकेका छन् । त्यसअघि उनीहरुले मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भूमि असमानताविरुद्ध सडकमा प्रदर्शनसमेत गरेका थिए । बल्खु—त्रिपुरेश्वर–शहीद–शान्तिबाटिकासम्म प्रदर्शन ¥याली निकालिएको थियो ।