काठमाडौं,५ माघ । आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दर्तागर्न एमालेका अध्यक्ष केपी ओली आज झापा पुग्दैहुनुहुन्छ । झापा क्षेत्रनं. पाँचबाट उम्मेदवारी दर्ताका लागि आज बिहान १०ः२५ को जहाजबाट ओली भद्रपुर अवतरणगर्ने कार्यक्रम रहेको छ । आज भद्रपुरमै क्षेत्रनं एकका नेता कार्यकर्तासँग अध्यक्ष ओलीले छलफलगर्ने कार्यक्रम तयगरिएको छ । च्यसैगरी, क्षेत्रनं तीनका बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिने कार्यक्रम रहेको छ । क्षेत्रनं. दुईकाबारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्रनं चारको निर्वाचन तयारीका सन्दर्भमा शुरुंगामा जानकारी लिने तयभएको छ । आफ्नो निर्वाचन क्षेत्र दमक पाँचका नेता कार्यकर्तासँग दमकमै भेटघाटगर्ने कार्यतालिका छ । अध्यक्ष ओली जेनजी विध्वंसको समयमा जलाइएको आफ्नो दमकस्थित निवासमा पनि पुग्नुहुने छ ।
यसैबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेको बागमती प्रदेश कमिटीले विशेष चुनावी अभियानको प्रारम्भ गरेको छ । काठमाडौंको भृकुटीमण्डमा जनप्रदर्शनसहित राष्ट्रिय सभागृहमा सभामार्फत अभियानको हिजोबाट शुरुवात गरिएको हो ।
जनप्रदर्शन र सभामा काठमाडौं उपत्यकासहित यस प्रदेशका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले आफूहरु निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्र गतिमा लागेको बताउनुभयो । एमालेको राजधानी विशेष कमिटीले यसअघि कमिटीको घोषणासहित चुनावी अभियार शुरु गरिसकेको बताइएको छ ।