काठमाडौं, १३ चैत । एमालेले गुण र दोषका आधारमा आज गठन हुने सरकारलाई सहयोगगर्ने भएको छ । सो पार्टीकी सचिव पद्ममा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोगगर्ने बताउनुभएको हो । संसदमा हिजो सपथग्रहण गरिसकेपछि समाचारदाताहरुसँग कुरागर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाहगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो प्रतिबद्धता हुन्छ, सहकार्यको अपेक्षा हुन्छ ।

हाम्रो चाहना भनेको जनसेवा र राष्ट्रसेवा हो, यसका लागि धेरै लोकतान्त्रिक शक्तिहरुसँग मिलेर काम गर्नुपर्ने हुन्छ, मुलुकको विकास र समृद्धि जनताको आबाजलाई बुलन्द बनाउन आफ्ना भूमिकालाई प्रभावकारी बनाउँछौ भन्नुभएको थियो । उहाँले संसद् सदस्यको हैसियत सपथ ग्रहण गरिरहदा निजी उपलब्धि नभई जनताको विश्वास र अपेक्षासहितको जिम्मेवारी भएको बताउनुभयो । उहाँले संसद्मा हामी प्रतिपक्षको भूमिकामा हुनेछौँ, पारदर्शिता र सुशासन कायम गराउने विषयमा खबरदारीगर्ने काम गर्छांै । अब बन्ने सरकारका निम्ति प्रतिपक्ष भएको हैसियतले विरोधनै गर्नुपर्छभन्ने होइन, राम्रो काममा साथ र सहयोग रहन्छ भन्नुभएको थियो ।