
काठमाडौं,२५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानसँगको युद्ध दुईहप्ता स्थगित गरिएको घोषणा गर्नुभएको छभने नेपालको नेकपा मसालले सो घोषणा अमेरिकाको षडयन्त्र भएको ठहर गरेको छ । ट्रम्पको कडा धम्कीपछि अमेरिका र इरानबीच दुई साताका लागि सशर्त युद्धविराम र होर्मुज सुरक्षित मार्ग उपलब्ध गराउने सहमति भएको हो । होर्मुजबाट व्यापारिक जहाजलाई निर्वाध रुपमा आवतजावतगर्न दिने सर्तमा ट्रम्पले दुई साताको युद्धविराम प्रस्ताव स्वीकार गरेको बिबिसीले जनाएको छ । यसैबीच नेकपा (मसाल) ले अमेरिकाद्वारा प्रस्तावित युद्धविरामको प्रस्तावलाई पुनः इरानमाथि आक्रमणगर्ने योजना भएको जनाएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको बक्तब्यमा उपरोक्त कुरा उल्लेख छ । वक्तव्यमा इरानको जितको कामना गरिएको छ । इरानलाई ढुंगेयुगमा पु¥याइदिने अमेरिकी धम्कीको सन्दर्भमा मसालले स्वयम् अमेरिकामा ट्रम्प विरुद्धका तीव्र असन्तोष तथा विश्वका विभिन्न देशको अमेरिकासितको अन्तरविरोधले परिस्थिति फरक हुने मसालको विश्लेषण रहेको छ । ग्रिनल्यान्ड, पनामा नहर, क्युबा, क्यानडामाथि कब्जा गर्ने अमेरिकी घोषणा तथा रुस, चीन, भारत, उत्तर कोरियाजस्ता मुलुकसितको अन्तरविरोधलाई मसालले स्मरण गरेको छ । अमेरिकी युद्धले आणविक युद्धको खतरा प्रबल रहेको स्पष्ट पार्दै मसालले विश्वशान्तिको पक्षमा आवाज उठाउन विश्वका जनतासित अपिल गरिएको छ ।