काठमाडौं, ५ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न÷नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारीगर्दै यस मन्त्रालयमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक÷स्वास्थ्यकर्मी÷नर्सिङ स्टाफलगायत कर्मचारीहरुकासाथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको, प्रचलित कानूनले तोकेकोभन्दा बढी समय काममा लगाइएको भन्ने उजुरी तथा गुनासाहरु प्राप्त भएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको प्रष्टपारेको छ ।

श्रम ऐन–०७४ को दफा २ (ढ)मा रोजगार सम्झौता भन्नाले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनुपर्छ’ र सो शब्दले रोजगारदाताले श्रमिकलाई दिएको नियुक्तिपत्रसमेतलाई जनाउँछभन्ने व्यवस्था छ । विज्ञप्तिमा कानूनबमोजिम प्रतिदिन आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने, बढी समय कामगर्न बाध्य पार्न नहुने र बढी समय काममा लागउन परेमा प्रतिदिन चारघण्टा र एक हप्तामा २४ घण्टाभन्दा बढी नहुने गरी लगाउन सकिने भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको छ ।

मन्त्रालयले प्रचलित कानूनको पूर्णपालनागर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।