
लोकनारायण सुवेदी
करीब सात दशकदेखि अमेरिकी साम्राज्यबाद क्यूवामाथि निरन्तर नाकाबान्दी र घेराबन्दी लगाउँदै क्यूवालाई आत्मसमर्पण गराएर बिश्वमा आफ्नो धाक जमाउन उद्यत रहँदैआएको छ । ठूलो संकटका बीच क्यूवाले अदम्य साहस,धैर्य र बीरताकासाथ त्यसको प्रतिबाद र प्रतिरोध पनि निरन्तरगर्दै आइरहेको छ । अहिले क्यूवा अमेरिकाको चौतर्फी अमm बढी घेराबन्दीमा परेर इन्धन, बिजुली, ग्यास, औषधी, खाद्यान्न जस्ता जीवनका आधारभूत बस्त्ुहरुको अत्यन्तै अभावको कठिन र अमानबीय अबस्थाबाट गुज्रिरहेको छ । अहिले पछिल्लो समयमा क्यूवाका पूर्ब राष्ट्रपति ९४ बर्षीयराउल क्याष्ट्रोमाथि अमेरिकी फेडरल प्रोसेक्यूटरले आरोपपत्र(चार्जसीट) तयार पारिरहेको खबर पत्रपत्रिकाहरुले दिइरहेका छन् । क्यूवाका बर्तमान राष्ट्रपतिले त्यहाँको कठिनाईपूर्ण नाकाबन्दी र घेराबन्दीको स्थितिलाई सम्हाल्ने अथक प्रयत्न अबश्य गरिरहेका छन् । उनको पनि सामथ्र्यको एउटा सीमा छ । सशक्त अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेप बिना क्यूवाको समस्या हल हुने सहज स्थिति बन्ला भन्ने देखिदैन । किनभने अन्तराष्ट्रि कानुन, संयुक्त राष्ट्रसंघको सर्बाधिक बहुमत (अमेरिका र इज्रायल बाहेक)को जनमत क्यूवाको पक्षमा हुँदा हुँदै पनि अमेरिकाले नाकाबन्दी र घेराबन्दी गर्न छाडेको छैन । बरु बढाउदै लगेको छ । यस अबस्था बारे चीन र रुस जस्ता बिश्वका शक्तिशाली मर्यादित तर दबाबकारी सक्रियता लिउन् भन्ने चाहन्छन् । किनभने क्यूवाली जनता र राष्ट्रलाई बचाउन र सुरक्षित अघि बढाउन यो नै अहिलेको एकमात्र बिकल्प देखिएको राय प्रकट भइरहेको छ । हुन त के लाग्दछ भने यति बेला बिश्वका महाशक्ति राष्ट्रहरुको उच्च स्तरीय शिखर भेट बार्ताको मौसम हो । गएको १४ र १५ मईका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको भ्रमणमा बेइजिङ्ग पुगे । उनको भ्रमणपछिको निष्कर्श थियो ‘चीनसँग शानदार बार्ता’ भयो । यस बारेमा चिनीयाँ सञ्चार माध्यमहरुले पनि दुइ देश बीचको आर्थिक सहयोगको ठूलो सम्भावना रहेको र बर्तमान बिश्व स्थितिमा यसको ठूलो महत्व रहेको कुरा प्रकाश पारे ।
त्यसरी नै मई २० मा रुसका राष्ट्रपति भ्लादिमिर पुटीन चीनको भ्रमणमा गएका थिए । यसले दुइ देश बीचको दीगो सुुसम्बन्धलाई अझ सबल पार्न २१औं शताब्दी सापेक्ष महत्वपूर्ण बिभिन्न बिभिन्न रणनीतिक र आर्थिक महत्वका सम्झौता पनि गरेको छ । बिश्वको बद्लिदो परिप्रेक्षलाई मध्यनजर राखेर रुस र चीनका बी जुन ब्यापक सहमति र सम्झौता भएको छ त्यसले बिश्व शान्ति र स्थिरतकासाथै उदाउँदो बहुध्रुबीय बिश्व सम्वन्धलाई बिश्वसनीय, सबल र सक्षम तुल्याएर समानता, न्याय र सम्बृद्धि खोजीरहेका र त्यसको लागि संघर्ष गरिरहेका बिश्व समुदायलाई आशबान बनाएको बिश्व राजीतिक बिश्लेषकहरुले बिश्वास लिएका छन् । त्यसले गर्दा अबको बिश्वम हस्तक्षेप, कब्जा र प्रभूत्व जमाउने जस्ता असमानता, बिषता र बैमन्यस्य पैदा गर्ने परिस्थितिको अन्त्यगर्नेतिर उन्मुख हुने र ठूला र शक्ति राष्ट्र अहंकारबादको अन्त्य हुने स्थिति बिकसितहुँदै जाने दिशातर्फ बिश्व समाजन अग्रसर हुने परिकल्पना साकार बन्नेसम्मका कुरा चल्न थालेका छन् । दक्षिण–दक्षिण सहयोग, ब्रिक्सको बिस्तार,, शंघाई सहयोग संगठनको सुगठन जस्ता उदाउँदा र बिस्तार हुँदै गरेका अन्तर्राष्ट्रिय संस्थाहरुले पनि यही बहुध्रुबीयतालाई मलजल गर्ने स्थिति बन्दैछ । एकातिर यस्तो परिबर्तनकारी परिबेश बन्न थालेको छ भने अर्कोतिर भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नीलाई जबर्जस्ती अपहरण गरेको अमेरिकाले ईरानमाथि हमला गरेर चरनिमै इराजनको शासन परिबर्तन गर्ने फूर्ति लगाइरहेको थियो ।भिषण हमला गरेर त्यहाँको सर्बोच्च धर्मगुरु तथा नेता अली खमेनाई लगायत ठूला नेताहरुको हत्या पनि अमेरिकार र इज्रायल भएर गरे । तर तीन महिना बित्न लाग्दा पनि ईरानले टसकोमस गरेको छैन ।
यसरी निर्णायक प्रतिरोध युद्धमा लागेको ईरान अमेरिकालाई यतिबेला भालुको कन्पट भएको छ । त्यतिमात्र होइन, बिश्वको तेल इन्धन आफूर्ति श्रृंखलामै अबरोध सिर्जना भएर बिश्व भरी नै तेल लगायतका बस्तुहरुमा ठूलो मूल्य बृद्धि भइसकेको र भइरहेको छ । उता अमेरिकाबाट ९० किलोमिटर जति मात्र टाढा रहेको क्यूवाका पूर्ब राष्ट्रपति बिश्व प्रसिद्ध समाजबादी फिडेल क्याष्ट्रोका भाइ ९४ बर्षीय राउल क्याष्ट्रोमाथि आतंककारीको झ्रूटो फत्तुरमा अमेरिकाको फेडरल कोर्टले म्ुद्दा चलाउन आदेश दिएको छ । अमेरिकी साम्राज्यबाद आफ्नो बिश्व प्रभूत्व जोगाउन यसरी मनपरी अतिक्रमण, थिचोमिचो र हस्तक्षेपकारी दादागिरी गर्न उद्यत त छ । तर यो उसको अन्तिम असफल प्रयास हुने बिश्लेषकहरुले निचोड निकालिरहेका छन् । आश्चर्यको कुरा त के छ भने जुन दिन अमेरिकी राष्ट्रपति ट्रम्प बेईजिङ्गमा चीनका राष्ट्रपति शीसँग ईरान युद्ध, ताईबान मुद्दा जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय बिषयमा कुराकानी गर्दै रहेका थिए त्यसै दिन क्यूवाको राजधानी हवानामा अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक जान रेटक्लिफ क्यूवाका बरिष्ठ सैन्य अधिकारीहरुसँग कम्युनिष्ट देशहरुमा ठूलो परिबर्तन ल्याउनुपर्ने आवश्यकता रहेको गर्दै थिए । परिबर्तन ल्याउनु पर्ने बिषयहरुमा त्यस्ता देशहरुको सैन्य नेतृत्वमा परिबर्तन,रुसी र चीनीयाँ गुप्तचर एजेन्सीहरुलाई बन्द गरिनुपर्ने र अमेरिकाको मर्जी अनुसार आर्थिक सुधार गरिनु पर्ने कुराहरु सामेल थिए । यसरी क्यूवाको सर्बोच्च नेतृत्वसँग कुनै औपचारिक कुराकानी र स्वीकृति बिना नै त्यहाँ सिआईए निर्देशको एकाएक भ्रमण क्यूवामा लगानीका लागि सबैभन्दा बढी मित्रबत देश बनाउने भन्ने ट्रम्पको अनुबर्ती कदम थियो । त्यस अन्तरगत बढी मनोरञ्जनात्म जोड खडा गर्ने र ठूला अमेरिकी कपोरेटद्वारा बित्तीय लगानी गरिने उद्योगहरु पनि खडा गरिने कुरा थियो ।
क्यूवामा सत्ता परिबर्तनका लागि अमेरिकाले उठाउन लागेका ती सबै कदहरु यस्तो आर्थिक माहोलमा हुन गराउन लागेको देखिन्छ कि जतिबेला अमेरिकी नाकाबन्दी र घेराबन्दीले क्यूवाका आम जन साधारण आच्छु आच्छु परेका छन् । त्यसमा पनि इन्धनको संकट सबैभन्दा नाजुक अबस्थामा पुगेको बताइन्छ ।क्यूवा पूरै अध्यारोमा पारिएको छ । यद्यपि चीन भने क्यूवामाथिको अबैधानिक र अन्यायपूर्ण नाकाबन्दीको बिरुद्ध रहँदै आएको छ र उसमाथि अमेरिकालो लादेशको सबै किसिमको प्रतिबन्ध हट्नु पर्छ भनिरहेको छ । राष्ट्रहरुको सम्वन्ध संयुक्त राष्ट्रसंघको बडापत्र र स्वीकार्य अन्तराष्ट्रिय कानुन र राष्ट्रहरुको समान सार्बभौमिकतको सिद्धान्त अनुसार चल्नु पर्दछ भन्ने कुरा बारम्बार उठाइरहेको छ । यसरी क्यूवालाई यसको सार्बभौमिकता र राष्ट्रिय गौरबको सुरक्षा गर्न, बाह्य हस्तक्षेप बिरोधको क्यूवाको अडानको समर्थन गर्ने कुरा दोहो¥याइरहेको छ । यस सन्दर्भ र परिप्रेक्षमा हालै क्यूवाली क्रान्तिकारी नेता राउल क्याष्ट्रो बिरुद्ध लगाइन थालेको अभियोगबारे चीनका परराष्ट्र सम्वन्धि प्रबक्ताले भनेका छन् कि चीन सधै गैर कानुनी र एक पक्षीय प्रतिबन्धहरुको दृढ बिरोध गर्दछ जुन कुराले अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै आधार प्रदान गर्दैनन् र संयुक्त राष्ट्र सुरक्षा परिषदको अनुमति प्राप्त गरेका हुँदैनन् ।
निश्चयनै क्यूवाका बर्तमान राष्ट्रपतिले अमेरिकी नाकाबन्दी र उक्साहटका कारण बिग्रिएको स्थितिलाई सम्हाल्न पूरा कोशिश गरिरहेका छन् । तर उनको पनि आफ्नो सीमा र सामथ्र्य छ । अहिले त्यहाँ बढ्दो साम्राज्यबादी नाकाबन्दी र घेराबन्दीले गर्दा अर्थिक स्थिति अत्यन्तै नाजुकतर बनेको छ । अमेरिकाको बढ्दो हस्तक्षेप, दबाब र निरन्तरको नाकाबन्दीले स्थिति अझ बिग्रन सक्ने देखिन्छ । यस्तै बेलामा चीन तथा रुस जस्ता शक्तिशाली राष्ट्रहरुको युद्ध बन्द गराउन, शान्ति स्थापना गर्न र यस्ता अबाञ्छित र अबैधानिक नाकाबन्दी र पतिबन्धहरुको अन्त्यगराउने मह्रत्वपूर्ण भूमिकाका लागि बिश्वमा खोजि हुने गर्दछ र भइरहेको छ । शक्ति राष्ट्रको मनपरी र दादागिरीले गर्दा बिकसित भइरहेको नाजुक क्यूवाको स्थितिप्रति सम्बेदनशील भएर कडा तर सकारात्मक र रचनात्मक कदम चाल्नु अत्याबश्यक भएको बिश्व बिश्लेषकहरु औंल्याइरहेका छन् ।