काठमाडौं, १० जेठ । इरान युद्धका कारण चारदिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ हिजो शनिबार चीन प्रस्थान गर्नुभएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ उच्च अधिकारीसँग भेट्ने कार्यक्रम तयभएको तर उहाँहरुबीच मध्यपूर्वमा द्वन्दकाबारेमा छलफल हुनेछ वा हुनेछैनभन्ने बिषयमा चिनियाँ विदेश मन्त्रालयले अझै भनाइ सार्वजनिक गरेको छैन । इस्लामाबाद र बेइजिङ दुवैले मध्यपूवै तनाव अन्त्यका लागि मध्यस्थतागर्न खोजेका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता रोकिएको बताउनुभएको छ। फेब्रुअरीमा इरानमाथि अमेरिका–इजरायल आक्रमणबाट शुरुभएको युद्ध अन्त्यगर्ने प्रयासस्वरुप पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ देखि दुई हप्ताका लागि युद्धविरामको घोषणा गरिएको थियो ।

युद्धले मध्यपूर्वलाई संकटग्रस्त बनाएको छभने र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ । चीनको चार दिने औपचारिक भ्रमणको लागि प्रधानमन्त्री सरिफ हिजो शनिबार झेजियाङ प्रान्तको हाङझोउस्थित विमानस्थलमा अवतरण गर्नुभएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । गत साताको शुरुमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले ‘साझा चासोका विषयहरु’ मात्र छलफल हुने बताउनुभएको थियो । गुओले मध्यपूर्वमा शान्ति र स्थिरताको शीघ्र बहालीका लागि चीनले पाकिस्तानसँग मिलेर काम गर्ने बताउनुभएको छ । उहाँले शान्ति प्रबद्र्धनगर्न र युद्ध अन्त्यगर्न निष्पक्ष र सन्तुलित मध्यस्थताको भूमिका निर्वाहगर्न चीनले पाकिस्तानलाई सहयोग गर्नेछ भन्नुभयो ।

पाकिस्तान संयुक्त राज्य अमेरिका र इरानबीच केन्द्रीय मध्यस्थकर्ताको रुपमा देखापरेको छ, जसले गत महिना ऐतिहासिक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो तर वार्ताले दिगो समाधान दिन नसकेपछि थप वार्ताको पहल भइरहेको छ । बितेका दुई हप्तामा बइेजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण भएको छ भने पाकिस्तानी प्रधानमन्त्री यो अवधिमा चीन भ्रमणगर्ने तेस्रो उच्च पदस्थ विदेशी नेता हुनुहुन्छ । रासस, एएफपी