
काठमाडौं, १० जेठ । नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय सम्बन्धी महत्वपूर्ण बैठक हालै भारतको सितामढीमा सम्पन्न भएको छ । सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, लागूऔषध कारोबार र सीमा अपराध नियन्त्रणलाई केन्द्रमा राखेर आयोजित बैठकमा दुवै देशका सुरक्षा तथा प्रशासनिक अधिकारीबीच विस्तृत छलफल भएको बताइन्छल । हिजो शनिबार सम्पन्न उक्त दुईदेशीय बैठकमा नेपालतर्फबाट इन्द्रदेव यादवको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियोभने भारतीय उच्च सुरक्षा अधिकारीहरुको पनि उपस्थिति रहेको थियो । बैठकमा दिनेश सागर भुसाल, रामुराज कडरिया सहित विभिन्न सुरक्षा निकाय, भन्सार, वन तथा नापी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
बैठकमा विशेषगरी भारततर्फबाट हुने मदिरा तस्करी नियन्त्रण र नेपालतर्फ हुने लागूऔषध ओसारपसार रोकथामका विषयमा गम्भीर छलफल भएको रौतहटका प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभएकाmे छ । उहाँका अनुसार सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सुरक्षा निकायबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने तथा संयुक्त समन्वय र सहकार्यलाई थप सुदृढगर्ने विषयमा दुवै पक्षबीच सहमति बनेको छ । बैठकमा रौतहटको डुबान समस्या पनि प्रमुख एजेण्डाका रुपमा उठाइएको थियो । भारतीय पक्षले सीमाक्षेत्र मिचेर निर्माण गरिरहेको बाँधका कारण गौरसहित करिब एक दर्जन सीमावर्ती गाउँ डुबानको उच्च जोखिममा परेकोभन्दै नेपाली पक्षले तत्काल समाधानको मागगरेको थियो ।
नेपाल–भारत सीमामा वर्षौँअघि निर्माण गरिएको बाँधमा रहेको स्लुइस गेट बन्दगरी पछिल्लो समय तटबन्ध विस्तारगर्ने क्रममा पानी निकाशको संरचनासमेत पुरिएकोभन्दै नेपाली अधिकारीहरुले चिन्ता व्यक्त गरेका थिए । पानीको निकास अवरुद्धहुँदा सीमावर्ती नेपाली भूभाग तालजस्तै बन्ने खतरा बढेको उल्लेखगर्दै तत्काल स्लुइस गेट सञ्चालनमा ल्याउन आग्रह गरिएको भनिएको छ । तर सो बैठकमा सीमा समस्याका बारेमा कुनै कुरा नउठेको सूत्रहरुले उल्लेख गरेका छन् ।