
काठमाडौं, १० जेठ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान गर्नुभएको छ । रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको हो । रुसमा यही जेठ ११ गते हुने सम्मेलनमा उहाँले सम्बोधनगर्ने कार्यक्रम रहेको पार्टीका नेता ताजमोहम्मद मियाँले जानकारी दिनुभएको छ । रसियन कम्युनिष्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुहुने कार्यसूची छ ।
उहाँले नेपाल र रुसबीचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गर्नुहुनेछ । यही जेठ १३ गते सहसंयोजक स्वदेश फर्कनुहुनेछ । नेता नेपालको नेतृत्वमा पार्टी प्रवक्ता प्रकाश ज्वाला पनि उक्त कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको थाहाभएको छ । पार्टीका नेता तथा कार्यकर्ताले सहसंयोजक नेपाल र प्रवक्ता ज्वालालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।