काठमाडौं,२६ जेठ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री विजयी हुनुभएको छ । संघको हिजो सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दे उहाँ विजयी हुनुभएको हो । अध्यक्ष पदमा खत्रीले ३४७, भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गर्नुभएको थियो । प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ मत), तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल (२५९ मत), महासचिवमा हरि डॉगी (२७३ मत), सचिवमा केदारनाथ अधिकारी (२९४ मत) र कोषाध्यक्षमा धनमायाँ सिन्जाली (३२३ मत) प्राप्त गरी विजयी हुनुभएको छ । सात पदाधिकारीसहित १७ पदमा भएको निर्वाचनमा खत्री समूहले सात पदाधिकारी र आठ सदस्यमा विजयी हासिल गरेको छ । रासस
ताजा समाचार
- जीवी राईलाई भगाउने नमराज घिमिरे प्रधानमन्त्री कार्यालयमा
- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खेले देउसी कलाकारहरुसँग, १ लाख दक्षिणा
- कुनै जमानाकी हिट अभिनेत्री उर्मिला मातोन्डकरले वैवाहिक जीवनको ८ वर्षपछि डिभोर्स गर्दै
- जेरी अन टपको शुभमुहुर्त सम्पन्न, अनमोल र जसिताले स्क्रिन शेयर गर्ने
- अमेरिकाको चुनावबारे चीनमा चासो, कसलाई विजयी भएको हेर्न चाहन्छन् चिनियाँहरु ?
- ५१ वर्षको उमेरमा डिभोर्स गर्न लागेकी हुन् ऐश्वर्याले ?
- सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल
- विराट व्यक्तित्व महाकवि देवकोटालाई हामी कसरी सम्झिरहेका छौं
- तिहार बिदामा पनि तनहुँ जलविद्युतको काम निरन्तर
- यसपालि महिलाहरूले तय गर्दै छन् अमेरिकाको भविष्य