
काठमाडौं,२६ जेठ । आज एमाले पुनर्गठन कार्यदलको बैठक बस्दैछ । कार्यदलको बैठक आज मंगलबार दिनको एकबजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तयभएको सो पार्टीका सचिव छविलाल विश्वकर्माले जानकारी दिनुभएको छ । गत १० गते सचिवालयको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रुपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयारगर्न कार्यदल बनाएको थियो।
उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा रहेको उक्त १५ सदस्यीय कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ ।