काठमाडौं,२६ जेठ । आज सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन शुरु हुँदैछ । जिल्ला अधिवेशनहरुमा बिभिन्न स्थानमा नेताहरुकै बीचमा झडप भएकाले आज अधिवेशनस्थलहरुमा बिहानैदेखि सुरक्षा ब्यवस्था कडा बनाइएको बताइएको छ । बागमती प्रदेश अधिवेशन हेटौंडामा हुँदैछ ।

जसको उद्घाटन पार्टी सभापति रवि लामिछानेलेगर्ने प्रदेश सभापति अच्युतम लामिछानेले जानकारी दिनुभएको छ । लामिछानेकाअनुसार प्रदेश अधिवेशनमा एक हजारभन्दा बढीनै प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिकारुपमा एक हजार जनाभन्दा बढी नै सहभागी हुने आकलन छ । प्रदेश अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना न्यून रहेको सोही पार्टीका नेताहरुको दाबि छ ।