काठमाडौं,२६ जेठ । बिभिन्न छवटा किसान संगठनहरुले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामाको माग गरेका छन् । अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका संयोजक बलदेव चौधरी, क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष रामदुलार महतो र नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले जारी गर्नुभएको संयुक्त बक्तब्यमा प्रधानमन्त्रि वालेन्द्रले राष्ट्रघाती अभिव्यक्ति दिएकोभन्दै माफी माग्नुकासाथै राजीनामा दिन माग गरिएको छ ।
वक्तव्यमा उहाँहरुले सुकुम्वासी बस्तीमा डोजर चलाउने, बिद्यार्थी संगठन र ट्रेड यूनियनमाथि प्रतिबन्ध लगाउने, शिक्षा, स्वास्थ्य र बिद्युतमा भ्याट लगाउनेजस्ता क्रियाकलापको उदाहरणदिँदै सरकारलाई जनविरोधी भइसकेको निष्कर्ष निकाल्नुभएको छ । वक्तव्यमा उहाँहरुले प्रधानमन्त्री वालेन्द्रले संसदको रोष्ट्रममा उभिएर दिएको नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेकोभन्ने आधारहीन, कपोलकल्पित, कायरतापूर्ण र आत्मसमर्पणवादी अभिव्यक्ति घोर निन्दनीय छ भन्नुभएको छ ।
गत १७ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्रको नेपालले पनि भारतको सीमा मिचेकोसम्बन्धी अभिव्यक्तिको उदाहारणदिँदै वक्तव्यमा यसबाट भारतीय शासक वर्गलाई मदत पुग्ने, नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानमाथि गम्भीर आँच पुग्ने बताइएको छ ।