काठमाडौं,२६ जेठ । आज पनि संसदको अवरोध कायमै छभने प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रि र अर्थमन्त्रिको बिरोध जारी राख्नुभएको छ । प्रतिनिधिसभाको बैठकको कारवाही शुरु हुनेबित्तिक्कै विपक्षी दलका सांसदहरुले उठेर विरोध गर्नुभएको थियो । प्रधानमन्त्री वालेन्द्र शाहले गत १७ गते नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्नेभन्दै विपक्षी दलका सांसदहरुले लगातार संसद अवरोधगर्दै आउनुभएको छ ।

त्यसैगरी प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग पनि गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदलाई बोल्न समय दिएपछि राप्रपाकी सांसद खुश्बु ओलीले अर्थमन्त्री डा.वाग्लेले राजीनामा दिनुपर्ने माग गर्नुभएको थियो । आर्थिक विधेयकमा भएको हेरफेरका विषयमा छानबिनलाई निष्पक्ष बनाउन अर्थमन्त्री वाग्लेले राजीनामा गर्नुपर्ने उहाँको भनाई थियो । नेपाली कांग्रेसका सचेतक निश्कल राई लगायतले शहीदहरुको नाममा ५ मिनेट मौनधारण गरेकोप्रति सभामुखले आपत्ति जनाउँदै प्रतिपक्षी बेञ्चले सभाको अपमान गरेको बताउनुभएको थियो । बैठक चलिरहेका बेला कांग्रेसका सांसद राईले आकस्मिकरुपमा शहीदहरुको सम्झनामा पाँचमिनेट मौनधारणगर्न आह्वान गर्नुभएको थियो ।

त्यस लगत्तै सबै विपक्षी दलका सांसदहरुले पनि आसनबाट उठेर मौनधारण गर्नुभएको थियो । प्रधानमन्त्रि वालेन्द्रले संसदमार्फत नेपाली जनता समक्ष माफि नमागेसम्म र अर्थमन्त्रि डा. स्वर्णिम वाग्लेले पदबाट राजीनामा नगरेसम्म अबरोध कायमै राख्ने प्रतिपक्षी दलहरुको योजना रहेको बताइन्छ ।