काठमाडौं,२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आन चीन पुग्नुभएको छ । उहाँलाई चिनियाँ राष्ट्रपति सी निपिङले शेन्जेन विमानस्थलमा आफै पुगेर भब्य स्वागत गर्नुभएको छ । विमानस्थलको रातो कार्पेटमा उभिएका राष्ट्रपति सीले ट्रम्पको स्वागतका लागि विमानको भ¥याङको फेदसम्मै पुगेर प्रतीक्षा गर्नुभएको थियो । राष्ट्रपति सीको यो विशेष आतिथ्यलाई यसै वर्षको शुरुमा आफू अमेरिका भ्रमणमा जाँदा राष्ट्रपति ट्रम्पले विमानस्थलमै पुगेर गरेको न्यानो स्वागतको प्रत्युत्तरका रुपमा हेरिएको छ ।
दुवै शीर्ष नेताबीचको यो शिष्टाचार र आत्मीयताले दुई देशबिचको कूटनीतिक सम्बन्धमा सकारात्मक सन्देश दिएको छ । ट्रम्प चीनको सेन्जेन शहरमा जारी एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ पुग्नुभएको हो । भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता समेत हुने कार्यतालिका रहेको छ। उक्त बैठकमा व्यापार, भन्सार शुल्क (ट्यारिफ), अमेरिकी भटमास खरिद र दुर्लभ खनिज (रेयर अर्थ मिनरल्स) को आपूर्ति लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
यसैबीच, एपेक शिखर सम्मेलनमै ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सीबीच त्रिपक्षीय बैठक हुन सक्ने विषयमा समेत चर्चा भएको छ । यदि यो बैठक सम्भव भएमा विश्वका तीन ठूला आणविक शक्ति राष्ट्रका शीर्ष नेताहरु एउटै मञ्चमा देखिनेछन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने यसअघि नै चीन पुगिसक्नु भएको थियो । उहाँको पनि भब्य स्वागत भएको थियो ।